स्थानीय सरकारले जारी गरेका प्रमाणपत्रलाई मान्यता नदीँदा पर्वतका सेवा ग्रही मर्कामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

स्थानीय सरकार सञ्चालन एैन र कार्य विधिमा रहेर दर्ता भएका प्रमाण पत्रलाई कर दाता कार्यलयले मान्यता नदीँदा पर्वतका सेवा ग्राहीहरु मर्कामा परेका छन । करदाता सेवा कार्यलय पर्वतले कृषि समुह , कृषक समुह तथा कृषि सहकारीहरुलाई प्यान न तथा भ्याट उपलब्ध गराउन नमान्दा सेवा ग्राही मर्कामा परेका हुन ।

सरकारले आर्थिक शुसासनको लागि प्यान र भ्याट अनीवार्य लागु गराएको भएपनि स्थानीय सरकारले दर्ता गरको कागजातले मान्यता नपाउँदा कृषकहरु दोहोर करको मारमा परेका हुन । वडाको सीफारीसमा पालिकाले जारी गरेका दर्ता प्रमाण पत्र कर दाता सेवा कार्यलयले मान्यता नदीँदा गाउँ गाउँ देखी सदरमुकाम आएका सेवा ग्रहीहरुले प्यान र भ्यान नम्बर पाउन सकेका छैनन । कुश्मा नगर पालिका ज्ञादी धान वाली कृषक समुहका गोपि लामीछनले कर्मचारीको गैरजिम्मेवार सल्लाह तथा झन्जटीला प्रकृयाबाट कृषकहरुले सास्ती पाएको बताए ।

दुई दिन लगाएर सदरमुकाम आएका गाउँगाउँका कृषकहरुले प्रदेश र प्रधान मन्त्री कृषि आधुनीकीकरण परिजना मार्फत जारी सुचनामा आवेदन दिन नसक्ने भएपछि कृषि क्षेत्रको बजेट बास्तवीक कृषकसँग नपुग्ने भएको हो । स्थानीय तहले जारी गरेका प्रमाण पत्र संघिय माताहातको करदाता सेवा कार्यलयले मान्यता नदीँदा गाउँ गाउँको सिह दरबारले मान्यता नपाएको कृषक अधिकारकर्मी पुष्प पौडेलले बताए ।

सात स्थानीय तह रहेको जिल्लामा दुई देखी तीन दिन लगाएर जिल्ला सदरमुकाम आएर कर दायरामा आउन नपाउँदा कृषकहरु विमुख भएर फर्कीनु पर्ने बाध्यता रहेको छ । कार्यलयमा साहायता कक्ष स्थापना गरीएको भएपनि कर्मचारीको उचित व्यवस्थापन नहुँदा राय सल्लाह समेत सेवा ग्रहीले सहज रुपमा पाउन सकेका छैनन । स्थानीय सरकारले जारी गरेको प्रमाणलाई मान्यता नदीनु संघियताको मर्म नभएको यस क्षेत्रका जानकारहरु बताउँछन ।

यता स्थानीय तहहरुले भने जन प्रतिनिधिको रोहवरमा गठन भई स्थानीय सरकार सञ्चालन ऐन कार्य विधिमा रहेर दर्ता भएका गरेको समुह तथ सहकारीहरुलाई सरकारका सबै निकायले मान्यता दिनु पर्ने बताएका छन । नितिगत समस्यामा कृषकहरु मारमा पर्न नहुने सापकोटाको भनाई छ ।

किसानसँग कृषि प्राविधिक पुग्ने र कृषकहरुको समस्या समाधान कृषि क्षेत्रका कर्मचारीले गर्ने हुँदा घरेलु विकास कार्यलयले भन्दा कृषि समुह सहकारीको लागि कृषि शाखा नै जारी गरेको प्रमाण पत्र कानुन सम्बत रहेको यस क्षेत्रका कर्मचारीहरुले बताएका छन । तर संघिय मताहातको कार्यलयको रुपमा रहेको कर दाता सेवा कार्यलय पर्वतले भने स्थानीय सकारले जारी गरेका काजगातहरुलाई मान्यता दिएको छैन । तर सेवा दायक निकायले भने कुनै प्रतिकृया जनाएको छैन

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *