स्थानीय प्रशासनले शित्तिपीठको दर्शनमा रोक लगाउदा व्यवसायी मर्कामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई लक्षित गरी स्थानीय प्रशासनले मठ मन्दिरमा निषेधाज्ञा लगाएपछि त्यसको प्रत्यक्ष असर बागलुङ वजारको व्यापार व्यवसायमा देखिएको छ । हरेक वर्षको वडा दशैमा करिव ५ लाख दर्शनार्थी पुग्ने नेपालकै प्रसिद्धमध्येको एक बागलुङ कालिका मन्दिरमा निषेधाज्ञा लगाएपछि त्यसको प्रत्यक्ष मारमा व्यवसायमा परेको छ ।

नजिकिएको चाडवाडलाई लक्षित गरी सरकारले लकडाउन खुकुलो वनाउँदा राहतको महशुस गरेका बागुङका व्यवासयी पुनः निरास वनेका छन् । नेपालीहरूको महान चाड बिजया दशमी शुरू भएपछि नेपालकै प्रसिद्ध शक्तिपिठ कालीका भगवती मन्दिर लगायतका धार्मिक केन्द्रमा भक्तजन पुजा अर्चनाका लागि जान नपाउने गरि निषेधाज्ञा जारी गरेपछि नव दुर्गाको समयमा व्यापार हुने आसमा रहेका व्यवसायी निरास बनेका हुन ।

स्थानीय प्रशासनले विशेष गरेर धार्मिक संस्थालाई केन्द्र बिन्दुमा राखि कात्तिक ९ गतेसम्म निषेधाज्ञा जारी गरेको कारण गाउँ गाउँबाट मन्दिर दर्शनको लागि आउने मानिस नआएका कारण बजारमा चहलपहल कम हुनुका साथै ब्यापार समेत निकै कम भएको व्यवसायीले गुनासो गरेका छन् ।

चिताएको इच्छा आकांक्षा पूरा हुने विश्वासका साथ कालीका माताको दर्शनको लागि पुग्ने भक्तजनले चिनोको रुपमा बागलुङमा किनमेल गर्ने गरेको भएपनि यस पटक प्रशासनले निषेधाज्ञा जारी गर्दा बागलुङको व्यापार व्यवसाय प्रभावित बनेको कालीका भगवती गुठी ब्यबस्थापन समितिले जनाएको छ ।

दैनिक रूपमा हजारौं भक्तजनको भिड लाग्ने कालीका भगवती मन्दिर अगाडि गेटमै प्रशासनले प्रहरी खटाएर प्रवेशमा रोक लगाएपछि मन्दिरमा दैनिक नित्य पुजा मात्र हुने गरेको छ । चैतदेखि बन्द रहँदा कालिका भगवती मन्दिर आर्थिक रूपमा समेत मारमा परेको छ । जसका कारण मन्दिरमा खटिएका १६ जना कर्मचारीलाई तलब दिन पनि समस्या परेको मन्दिर व्यवस्थापनको भनाइ छ । बडादशैंमा मात्र मन्दिर दर्शनका लागि पुग्ने भक्तजनबाट दैनिक ३० लाखभन्दा वढी भेटी शंकलन हुने गरेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *