सोलुखुम्बु र नेचा सल्यानको सिमानामा मिनि ट्रक दुर्घटना,३जनाको मृत्यु १जना घाईते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सोलुदुधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमाना स्थित महादेव भिरमा मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

आइतबार राती करिब साढे एघार बजेतिर बा ४ ख ७९८० नम्बरको आइचर मिनि ट्रक दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौडाका अन्दाजी ३३ वर्षका राम कुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चालक मगरको ठेगाना खुलेको छैन ।

हेटौडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ । दुधकोशी सोलुखोला ८६ मेगावाट जलविद्युत आयोजनाको निर्माण सामाग्री लिएर आएको उक्त आइचर भीरबाट करिब ३ सय मिटर तल खसेको हो ।

सोलु जलविद्युत आयोजनामा प्रयोग भएका सामाग्री निमाणाधिन दुधकोशी सोलु खोला जलविद्युत आयोजनामा लैजाने क्रममा महादेव भीरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

One comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *