सोलिडारीटी फर डेभलप्मेन्ट सोड नेपालद्वारा स्वास्थ्य सामाग्री वितरण (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सोलिडारीटी फर डेभलप्मेन्टले चन्द्रागीरी नगरस्तरीय आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।चन्द्रागीरी नगरपालीकामा रहेको नगरस्तरीय सामुदायीक अस्पतालमा संचालीत आइसोलेशन सेन्टरलाई सोड नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

सस्थाले एन नाईन्टीन माक्स,अक्सोमिटर,पिसिआर सेट,स्यानीटाईजर,थर्मलगन,लगाएतका स्वास्थ्य सामाग्री नगरपालीकाका प्रवत्ता हरिभत्त महर्जन र उपमेयर लिसा नकर्मीलाई सोडका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठले हस्तान्तरण गरेकाहुन् ।स्वास्थ्य सामाग्री बुझ्दै प्रवत्ता महर्जनले सहयोगको लागी धन्यवाद ज्ञापन गर्नुका साथै सहयोगकागाली अन्य संघ सस्थालाई स्वागत गर्न तयार रहेको बताए ।

सोड सस्थाका अध्यक्ष ज्ञान बहादुरले २०६९ सालमा स्थापना भएको सोडले स्थापना कालदेखि नै विभिन्न क्षेत्र,महिला शशत्तिकरण,पूर्वाधार निर्माण पूर्ण स्वरोजगारमा आधारित आयोजनामा सहयोग पुर्याउदै आएकी र कोभिड १९को विशम परिस्थितीमा स्वास्थ्य सामाग्रीको अभावलाई मध्यनजर गर्दै केहि सहयोग गर्न पाउदा खुसी लागेको बताए । देशको १४ जिल्लामा संस्थाले विभिन्न क्षेत्रमा कामगर्दै आएको र आगामी दिनमा पनी थप सहयोग गर्ने उनले प्रतिबध्ता व्यत्त गरे ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *