सोमबार राती आउको असिनापानीले हिउँदेबाली नष्ट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गएराति परेको असिनापानीले म्याग्दीको रघुगंगा गाउँपालीकाको वडानम्वर २, ३ र ४ को हिउदेबाली सखाप पारेको छ । पाकेर भित्र्याउने अवस्थामा रहेको खेतीबाली असिनाले चुटेर नष्ट हुदाँ कृषकहरु निराश भएका छन् ।

सोमबार राती रघुगंगा गाउपालिकाको भगवति, पिप्ले, दग्नाम र मालिका गाउपालिकाको बिममा असिना परेको थियो । एक फिट सम्म जमेको असिनाले गहुँ, जौ, केराउ, तोरी नष्ट गरेको रघुगंगा–३ कलेजाबाङ फुलबारीकी कृषक सुनिता भण्डारीले बताइन् । ‘हिउँदभरिको मेहनत असिनाले खायो,’ उनले भनिन् ‘ सुन्तला, केरा, बन्दा, काउली, साग, गोलभेडा र बर्खे तरकारीका बिरुवामा पनि क्षति पुगेको छ । असिनाले चुटेर बर्खे आलु, मकै, करेला, घिरौला, काँक्रो र सिमिका बिरुवा नष्ट भएको छ । फुल खेलेर बटिला लाग्दै गरेको सुन्तला असिनाले झारेको कृषक भण्डारीले बताईन् ।

‘भित्र्याउने बेला भएको गहुँ, जौ बाली पनि खेतबारीमा असिनाले झा¥यो,’ उनले भने ‘सुन्तला र किबीका बटिला झारेर भुईभरी बनाएको छ ।’ चैत बैशाख महिना हिउदेबाली भित्र्याउने सिजन हो । बिम, भरबाङ, नराले, शिवरात्रीखोला, तल्लोगाउ, खारा, देविस्थानको रुन्मामा पनि असिनाले सुन्तला झारेको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको सुन्तला जोन सञ्चालक समिति म्याग्दीका सदस्य समेत रहेका मालिका–७ भारबाङका कृषक थम्मन जुग्जालीले बताए ।

रघुगंगा गाउपालिका–२ साझपानीका स्थानीय शिक्षक ओमबहादुर भण्डारीले असिना र बर्षापछि आएको बाढीले भगवतिको ठुलाथर, देउपुर्ण, धुवीचौर, साझपानी लगायतका बस्तिका ४० भन्दा बढी घरहरुमा बादी पसेर क्षति गरेको बताए । बाढीले सडक र बाली सहितको खेतबारी भत्काएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले स्थानीय तहका जनप्रतिनिधि र कृषि प्राबिधिक मार्फत असिनाले पु¥याएको क्षतिको विवरण संकलन गरिने बताए । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले फलपूल, तरकारी र हिउँदे अन्नबालीसहित २ करोड भन्दा बढी रकमको क्षति भएको बताए । ब्यवसायीक कृषकको बालीको क्षतिपुर्ति सम्वन्धित कृषि ज्ञानकेन्द्र कार्यालयसंग मूल्याकंन गरेर राहत उपलब्ध गराउने बताए । बाढीले क्षति भएको घरको क्षति समेत संकलनमा लागेको उनले जानकारी दिए ।

गत असोज २१ गते बेनी नगरपालिका २, मंगला गाउपालिकाको १, ३ र ४ नम्बर वडामा परेको असिनाले चार करोड रुपैयाँ भन्दा बढी मूल्यको धान, कोदो र दलहन नष्ट गरेको थियो पिडित आठ सय बढी कृषकहरुलाई प्रदेश सरकारले एक करोड रुपैयाँ राहत पठाएको छ । फागुनको अन्तिम र चैतको पहिलो साता भएको बेमौसमी हिमपातले धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउपालिकाको गहुँ, जौ, उवा र केराउ खेतीमा क्षति पु¥याएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *