सोमबार पनी अधिकांश स्थानमा भारी बर्षाको सम्भावना, कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

केहिदिन देखि नेपालमा सक्रिय मनसुनी वर्षा अझै केहि दिन जारी रहने मौसमविदले बताएका छन् । सोमबार पनि देशका अधिकांश स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

महाशाखाले सोमबार देशभर बदली भई धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई ठाउँमा भारी ठूलो वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना छ । प्रदेश १ र २ का थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा ?

–कोशी र नारायणी नदीमा पानीको बहाव सतर्कता तह आसपास सम्म पुग्न सक्ने अनुमान गरिएको छ । केही सहायक नदीमा खतरासम्म पुग्न सक्ने छ । कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा हुने छ, तर, सतर्कता तह नकट्ने अनुमाग गरिएको छ।

– बबई, पश्चिम राप्तीलगायतमा बहाव बढ्दो हुने छ तर, सतर्कता तलै हुने अनुमान गरिएको छ । कन्काई, कमला, बागमती नदीमा बहाव सतर्कता आसपास हुने छ। केही सहायक नदीमा खतरा आसपास हुने छन्।

– प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका मध्यपहाडी, चुरे र तराईबाट बहने स—साना नदीहरूमा बहाव बढेर सतर्कता आसपास हुने छ। केहीमा खतरासम्म पुग्न सक्ने छ ।

– कोशी, नारायणी र तिनका सहायक नदीमा बहाव सतर्कता आसपास रहने छ। कर्णाली, महाकाली र तिनका सहायक नदीमा बहाव सामान्य घटबढ हुने छ। तर, सतर्कता तहभन्दा तलै हुने अनुमान गरिएको छ।

– कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउ र तिनका सहायक नदीमा बहाव केही घटबढ हुने छ। तर सबैमा सतर्कता आसपास हुनेछन्। कन्काई, कमला, बागमती र तिनका केही स–साना सहायक नदीमा खतरा तह आसपाससम्म पुग्न सक्ने अनुमान गरिएको छ।

– प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का मध्यपहाडी, तराई र चुरेका भू–भाग भई बहने स–साना नदीमा बहाव बढ्ने र केही स–साना नदीमा सतर्कता तह आसपाससम्म पुग्न सक्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *