सोमबारदेखि ५ दिनसम्म ठूलो वर्षा र हावाहुरीको सम्भावना : मौसम विभाग
जल तथा मौसम विज्ञान विभागले भोलि सेप्टेम्बर २१ रातिदेखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावनासमेत रहेको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
आइतबार साँझ ७ बजे विशेष मौसम बुलेटिन जारी गर्दै विभागले हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर पश्चिमतर्फ सर्ने क्रममा आगागमी ४-५ दिन नेपालका धेरै स्थानमा मेघगर्जनरचट्टयाङसहितको वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको जानकारी दिएको हो।
साथै हावाहुरीसमेत आउने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।