सेयर बजारको उतारचढावलाई व्यक्ति विशेषसँग जोडेर हेर्न मिल्दैन : अर्थमन्त्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सेयर बजारको उतारचढावलाई व्यक्ति विशेषसँग जोडेर हेर्न नमिल्ने बताउनुभएको छ ।

मन्त्रिपरिषद्का निर्णयहरु सुनाउन आयोजित पत्रकार सम्मेनलमा बोल्दै मन्त्री खतिवडाले आफ्‍नो काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पुर्‍याइदिने र बाँकी लगानीकर्ताहरुको जिम्मा भएको बताउनुभयो । कम्पनीको विविध पक्षलाई हेरेर मात्र लगानीकर्ताले लगानी गर्दा निर्णय गर्नुपर्ने उहाले सुझाउनुभयो । मन्त्री खतिवडाले पछिल्लो दुई वर्षमा सेयर बजारमा धेरै नै सुधार भएको बताउनुभयो ।

उहाले नीतिगत रुपमा भएका समस्या समाधान गर्न सकिने बताए।मन्त्री खतिवडाले सेक्युरिटी प्रेस खरिद प्रतिस्पर्धात्मक विधिबाट हुने बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *