सेफिल्डमाथि उल्भरह्याम्पटनको जित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राउल जिमिनेज र रोमेन साइसको गोलमा उल्भरह्याम्पटनले गयराति इङ्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई २–० ले पराजित गरेको छ।
जिमिनेजले तेस्रो मिनेटमै उल्भरह्याम्पटनलाई अग्रता दिएका थिए। त्यसको तीन मिनेटपछि साइसले अग्रता दोब्बर बनाए। सुरुमै गरेको दुई गोल उल्भरह्याम्पटनका लागि निर्णायक बन्यो।

उल्भरह्याम्पटनका प्रशिक्षक नुनो इपिरिटो सान्टो केही दिनअघि मात्र क्लबसँग थप तीन वर्षका लागि सम्झौता नवीकरण गरेका थिए। अब उनी २०२३ सम्मका लाग उल्भरह्याम्पटनमै रहनेछन्। नयाँ सम्झौतापछिको पहिलो खेल सुखद बनेको छ। नुनो २०१७ मा उल्भरह्याम्पटन आएका थिए।

‘यो तीन वर्ष विशेष रह्यो,’ नुनोले भने, ‘हामी वास्तवमै अबका दिन पनि विशेष बनाउँछौं। तर जितमा मात्तिनु हुँदैन। नम्र हुनुपर्छ। अब हामी अर्को खेलका लागि केन्द्रित रहनेछौं। किनकी चाँडै नै लिग कपमा स्टोक सिटीविरुद्ध खेल्नुपर्नेछ।’नुनोको प्रशिक्षणमा गत सिजन उल्भरह्याम्पटनले युरोपा लिगमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *