सेनामा भर्ती गराईदिने भन्दै रकम अशुल्ने राजकुमार पक्राउ

नेपाली सेनामा भर्ती गराई दिने भन्दै रकम असुल्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिचिला गाउँपालिका–१ का राजु भन्ने राज कुमार राई रहेको संखुवासभाका प्रहरी निरिक्षक सन्तोष कुमार राईले जानकारी दिए।
राईले सैन्य पदका उम्मेद्धार सँग रकम असुलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्ररही कार्यालय संखुवासभाले जनाएको छ। राईले बराहदल गुल्म खाँदबारी ब्यारेक संखुवासभामा आवेदन फारम भरेका दर्ता नं. ७२६८ का सैन्य पदका उम्मेदवारसँग सेनामा भर्ती गराईदिने आश्वसन दिएर रकम अशुलेका प्रहरीले जनाएको छ। उनले सैन्य उम्मेद्धारको आमा सँग एक लाख २० रुपैयाँ मागेको बताइएको छ। सैन्य उम्मेदवार सँग ८० हजार रुपैयाँ दिने समझदारी भएपछि आमाले अग्रीम ५० हजार रकम बुझाएको थिए।
चिचिलाका राजकुमारले सेनामा जागिर लगाईदिने प्रलोभन देखाएर ठगि गरेको सुचना पाएपछि संखुवासभा प्रहरीले पक्राउ गरेको प्रहरी निरिक्षक राईले बताए। प्रहरीले ५८ हजार रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीको भनाइ छ। प्रलोभन देखाई ठगी गर्न राईलाई जिल्ला अदालत चैनपुरबाट म्याद थप अनुमति लिएर अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ। ठगी आरोप लागेका राईलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासत छन्।