सूर्यकुमार चम्कँदा मुम्बईले दियो १ सय ९४ रनको बलियो लक्ष्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

शीर्षक्रमका ब्याट्सम्यान सूर्यकुमार यादवको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग आइपिएल को २० औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १ सय ९४ रनको बलियो लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनायो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरे । सूर्यकुमार ४७ बलमा ११ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहे । हार्दिक पान्ड्या १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा अविजित रहे ।

मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ४।५ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थियो । यी दुई खेलाडीबीचको साझेदारी पहिलो आइपिएल खेल खेलि रहेका युवा तीव्र गतिका बलर कार्तिक त्यागीले बाउन्सर बलमा डी ककलाई विकेटकिपर जस बटलरबाट २३ रनमा क्याच गराउँदै तोडेका थिए । डी ककले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर श्रेयस गोपालको दशौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका रोहित लङ अनमा राहुल टेवाटियाको हातबाट ३५ रनमा समातिन पुगे । रोहितले २३ बलमा २ चौका र ३ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा गोपालले इशान किशनलाई सन्जु स्यामसनबाट शून्यमा क्याच आउट गराए । जोफ्रा आर्चरको १४ औं ओभरको अन्तिम बलमा क्रुनाल पान्ड्या १७ बलमा १२ रन जोड्दै मिड विकेटमा गोपालबाट क्याच आउट हुन पुगे ।

श्रेयस गोपालले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । कार्तिक त्यागिले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *