सूचना प्रविधि विधयक पास गर्नुपूर्व गुठी विधेक विरुद्ध माइतीघरमा जम्मा भएको जनसागरको स्मरण गर्न चेतावनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिबाट पारित भएको सूचना प्रविधि विधेयक सरकारले तत्काल खारेज गर्न माग गरेका छन् । पूर्वमन्त्री समेत रहेका जोशीले कम्युनिष्ट सरकारले सूचना प्रविधि विद्ययकलाई संसदमा बहुमतबाट पास गरेर नेपाली जनताको जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त पार्न खाजेको दावी गरे ।
विहिबार माइतिघर मण्डलामा सूचना प्रविधि विधयक विरुद्धको विरोध सभालाई संवोधन गर्दै उनले सरकारले उक्त विधयक खारेज नगरे काठमाडौंको जनता सडकमा आउने चेतावनी दिए । राणादेखि राजा फाल्नसम्म काठमाडौंका जनताकै योगदान रहेको स्मरण गर्दै उनले भने, ‘हिजो गुठी विधयकको विरुद्धमा आएको आन्दोलनको आधिँबेहरी सरकारसँग स्मरण छ की छैन’ । वाक स्वतन्त्रताको अधिकारलाई कुण्ठित पार्ने प्रपञ्च भुलेर पनि नगर्न चेतावनी दिदै यदि जवरजस्त ल्याइए सरकार ढाल्ने चेतावनी दिए ।
जोशीले नेपाल र नेपालीजनताको हित विपरित ल्याउन लागेको यो विधयक विदेशी शक्तीको चाहनामा ल्याएको दावी गरे । कार्यक्रममा कांग्रेस नेता गगन थापाले यदि विधयक संसदबाट पास गरे विधेयकको धारा धाराले सारा नेपालीलाई रुवाउने जिकिर गरे । आफु अनुकुल सारा मिडिया देखि सामाजिक सञ्जाल प्रयोगकर्ता नभएपछि सरकारले अंकुश लगाउन खोजेको जिकिर गरे ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले एउटै कसुरमा १ भन्दा बढी सजाय हुने र सामाजिक सञ्जालमा लेखेकै भरमा १५ लाख जरिवाना, ५ वर्ष कैद हुन सक्ने प्रावधान नेपाली जनताको हित विपरित भएको बताए । यो विधेयकको बारेमा नेपालीले बेलैमा नसोचे दिर्घकालिन रुपमा नेपाली समाजलाई गम्भीर असर पार्ने दावी गरे ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *