सुशान्तकी गर्लफ्रेन्ड रिया,लागुऔषध किनबेचमा संलग्नभएको खुलासा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतीय अभिनेताकि प्रेमीका रिया चक्रवर्ती लागूऔषध किनबेचमा संलग्न भएको खुलासा भएको छ । भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको दुई महिनापछि नयाँ नयाँ खुलासा भइरहेको हो । यो घटनामा उनकी गर्लफ्रेन्ड रिया चक्रवर्ती पनि अनुसन्धानमा तानिएकी छिन् । रियाका भाइ र ब्रान्ड म्यानेजर चाहिँ यही घटनामा पहिले तानिएका छन् ।भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले यो घटनामा लागुऔषध कारोबारको आशंका गर्दै रियाका भाइ शौविक, मिरान्डा, विलात्रा, अब्बास लखानीलगायतलाई यसअघि पक्राउ गरिसकेको छ ।

अब लागुऔषध कारोबारमा रिया पनि तानिएकी छिन् । हुन त उनले एक अन्तर्वार्तामा आफूले कहिल्यै लागुऔषध सेवन नगरेको बताएकी छिन् । तर, प्रहरीले उनी पनि यसमा संलग्न भएको आरोपमा सोधपुछ गर्न बोलाएको छ । यसअघि पनि रियामाथि प्रहरीले ४ दिन लगातार सोधपुछ गरेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *