सुलेमानीको शवयात्रामा भागदौड, कम्तीमा ३५ जनाको मृत्यु, ४० घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गत शुक्रबार इराकमा अमेरिकी ड्रोन आक्रमणमा परी मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको शवयात्राका क्रममा भागदौड मच्चिएको छ। भागदौडका क्रममा ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अन्य ४० जना पनि घाइते भएको बताइएको छ। कासिमको गृहनगर केरमनमा भएको शवयात्राका क्रममा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएका बेला भागदौड मच्चिएको हो। देशभरबाट उनको शव यात्रामा मानिसहरू सहभागी भएका छन्। उनको पार्थिव शरीरलाई इराकबाट अहवाज, तेहरान हुँदै केरमन लगिँदै थियो। उनको त्यहाँ अन्त्येष्टि गरिने बताइको छ। यसअघि अहवाज र तेहरानमा भएको शव यात्रामा पनि ठूलो संख्यामा मानिसहरू सहभागि भएका थिए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *