सुरु भयो भिजिट नेपाल २०२०

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं– विधिवत रूपमा आजबाट ‘भिजिट नेपाल नेपाल २०२०’ अर्थात् नेपाल भ्रमण वर्ष सुरु भएको छ। भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम भने औपचारिक रूपमा दिउँसो ४ बजे दशरथ रंगशालाबाट हुँदैछ।

रंगशालामा हुने भव्य समारोहबाट भिजिट नेपाल २०२० को उद्घाटन राष्ट्रपति  विद्यादेवी भण्डारीले गर्ने तय भएको छ। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन्। उद्घाटन समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, राष्ट्रिय सभामा अध्यक्ष, नेकपा अध्यक्ष, प्रमुख प्रतिपक्ष दलमा नेता, विभिन्न राजनीतिक दलका शीर्ष नेता, सांसद, प्रधानसेनापति, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरिक्षक, पर्यटन व्यवसायी तथा आम जनसमुदायको उपस्थितमा उद्घाटन कार्यक्रम हुने भएइको छ।

यसका साथै उद्घाटन कार्यक्रममा भारत, चीन, लगायत ५ भन्दा बढी देशका पर्यटनमन्त्रीको समेत उपस्थिति हुने बताइएको छ। उद्घाटनको लागि भिजिट नेपाल २०२० को सचिवालयले २ करोडभन्दा बढी रकम खर्च गर्ने तयारी गरेको छ। काठमाडौंबाहेक पनि सातै प्रदेशमा एकैपटक भिजिट नेपाल २०२० को उद्घाटन हुने भिजिट नेपाल २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले जानकारी दिए। उनका अनुसार उद्घाटनको सबै तयारी पूरा भएको छ भने समारोहमा सहभागी हुन आउने विदेशी पाहुना पनि नेपाल आइसकेका छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *