सुपथमुल्यमा उपभोत्ता नजानुको कारण यस्तो छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित गरी देशभर सुपथमुल्यको पसल सञ्चालन गर्दै आएकोछ । तर, सुपथ मुल्यका भनिने यी पसलहरुबाट आम उपभोक्ताले लाभ लिन सकेका छैनन ।
दँशै, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरी सरकारले राजधानी काठमाडौ लगायत देशका विभिन्न स्थानमा गरी ७३ वटा सुपथ मुल्यको पसल सञ्चालन गरेको छ यो वर्ष पनी । तर, ती मध्ये अधिकाँश पसलमा उपभोक्ताले रोजेको सामान उपलब्ध छैन । मुल्यका हिषाबले पनि खासै फरक नहँदा सुपथ मुल्यको पसल उपभोक्ताको रोजाइमा पर्न सकेको छैन ।

उपभोक्तालाई सहुलियत हुने भन्दै सरकारले भदौ २३ बाट साल्ट ट्रेडिङ् कर्पोरेसन, दुग्द्ध विकास संस्थान, खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत सुपथ मुल्यको पसल सञ्चालनमा ल्याएको छ । तर, पसलहरु पायक पर्ने स्थानमा नहँुदा उपभोक्ताले खासै चासो दिएका छैनन । यद्यपी व्यापारीहरु भने दशै आउन समय बाँकी भएका कारण केहि समयपछि व्यापार राम्रो हुने आशामा छन ।

सरकारले विगतका वर्षमा पनि सुपथ मुल्यको पसल सञ्चालन नगरेको होइन तर ती पसलहरुबाट उपभोक्ताले भन्दा पनि व्यपारीहरुले बढी फाइदा लिएको देखिन्छ । सबै किसिमका उपभोक्ता समेटन नसकेको र मुल्यमा पनि खासै फरक नहँुदा यस्ता पसलले उपभोक्तालाई आकर्षित गर्न सकेको छैन ।

सुपथमुल्यको पसल उपभोक्ताको हितमा ल्याइएको एउटा असल अवधारणा हो तर यसलाई समयानुकुल बनाउन नसक्दा यसबाट उपभोक्ताले भन्दा पनि व्यापारीहरु नै फाइदा लिइरहेको देखिएको छ ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *