सुनसरीमा बस र माइक्रो बस ठोक्किए, चार जनाको मृत्यु,अपडेट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी- पुर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको तितरवनामा दुई यात्रुवाहक सवारी साधान एक आपसमा ठोकीदा चार जनाको मृत्यु भएको छ भने एक दर्जन बढी यात्रुहरु घाइते भएका छन ।

पोखराबाट पुर्व तर्फ आउदै गरेको ना६ख ७९५ नम्बरको यात्रुवाहक वस र झापाको चन्द्रगडीबाट काठमाडौ जादै गरेको बा५ख३१५७ नम्बरको हायस एक आपसमा ठोकीदा चार जनाको मृत्यु भएको हो । विहानको समयमा अत्याधिक हुस्सु लागेको तथा तिब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक कैलाशकुमार अधिकारीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा हायसका चालक दिपक खड्का , झापाको भद्रपुरका ७५ वर्षिय हेमराज कोइराई , ६५उनकी श्रीमती डोलमाया कोइरालाको दुर्घटना स्थलमै र भक्तपुरकी १७ वर्षिया गरिमा गौतमको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरुको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इटहरीमा रहेको एपेक्स अस्पतालमा उपचार भइ रहेको जनाइएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *