सुनसरीको सीमावर्ती क्षेत्रमा तस्कर र प्रहरीबीच गोली हानाहान,दुई तस्कर घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र तस्कर समूहबीच दोहोरो गोली हानाहान भएको छ ।

सो घटनामा दुई जना तस्कर घाइते समेत भएका छन । अन्य तीन जना फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेका छन । घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको छ ।

भारती बाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र अनटेष्ट मोटरसाइकलमा आएका तस्करलाई प्रहरीले चेकजाँच गर्न थालेपछि गोली चलाएको प्रहरीले जनाएको छ । सोही क्रममा प्रहरी र तस्कर समूहबीच झडप भएको प्रहरीले जनाएको हो ।

तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ । गोली हानाहानपछि तीन जना भारततर्फ फरार भएका छन । घाइते भएका र फरार भएका ब्यक्तिहरु तस्करी, लागुऔषध र हतियारको तस्करी, चोरीलगायत कार्यमा सग्लन रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान पनी जारी रहेको प्रहरीको भनाई रहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *