सुनसरीको धरान स्थीत सब्जी बजारमा आगलागी,६० लाख बराबरको क्षति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका बजारमा आज बिहान आगलागी भएको छ । आगलागीमा परेर एघार वटाभन्दा बढी पसल जलेर नष्ट भएका छन । आगलागीवाट कस्मेटिक र तरकारी पसलमा क्षति पुगेको भानु सब्जी ब्यवसायी परिवारले जानकारी दिएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमानन गरिएको छ । दमकल ढिलो आउदा धेरै क्षति भएको अग्नी पीडितहरुले बताएका छन । आगलागीवाट करिव ६० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । एउटै कस्मेटिक पसलमा दश लाखभन्दा बढीको क्षति भएको देखिएको छ । धरान उपमहानगरपालिकाको बारुणयन्त्रण र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *