सुनको मुल्य नया उचाईमा,एक लाख नाघ्यो एक तोला सुनको भाउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पछिल्लो केहिदिन प्रत्येक दिन जसो नया रेर्कड बनाउदै आएको सुनको मुल्यले बुधबार तोलाको १ लाख नाघेको छ । मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन बुधबार एकै दिन १६ सयले बढेर एक लाख एक हजार चारमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।

यसअघि सुनको मुल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको थियो। बुधबार चाँदीको मूल्य १२ सय ९५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

चाँदी अघिल्लो दिनको तुलनमा बुधबार ६५ रुपैयाँले बढी छ। मंगलबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ। विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ ९कोरोना भाइरस का कारण सुनको मूल्यमा असर परेको महासंघले बताएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *