सुनको भाउ फेरी बढ्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विहिबार सुन तोलामा २०० रूपैयाँ ओरालो लागेकोमा शुक्रबार तोलाको ९४ हजार ८०० रूपैयाँ कायम छ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ९०० रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य ९४ हजार ८०० रूपैयाँ तोकेको छ।

विहिबार छापावाल सुनको भाउ प्रतितोला २०० ले घटेर ९३ हजार ९०० रूपैयाँ तोकिएको थियो।

यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य ९४ हजार ३०० रूपैयाँ तोकिएको छ भने चाँदी एक हजार १९५ रूपैयाँ छ। हिजो चाँदी प्रतितोला एक हजार १८० रूपैयाँ थियो।आज चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँ बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *