सुनकोसी मरिण डाईभर्सनः आयोजना संचालनमा ढिलाई

सरकारको उच्च स्तरीय आयोजनामा रहेको सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले स्थानीय वासिन्दाहरुको खेतीयोग्य जग्गा जमिनहरुको डुवान र कटानको सबालमा अझै स्प्रट खाका दिन नसक्दा आयोजना संचालनमा अझै ढिलाई हुदै जान थालेको छ ।
आयोजनाको बा“ध निर्माण हुदा सिन्धुली र रामेछाप जिल्लाका सुनकोशी तामाकोशी क्षेत्रका हजारौं हेक्टर खेतीयोग्य जग्गा जमिन डुवान हुने र सिन्धुली जिल्लाको मरिणमा तटबन्ध निर्माण नहुदा लाखौं हेक्टर मरिणका स्थानीयका जमिन कटान हुने देखिएपछि आयोजनाका काम काज अझै अन्यौलमा रहेका हुन् ।
आयोजना संचालनकालागि सिन्धुलीको कमलामाई नगरपालिकाको कुडुले कुसुमटार क्षेत्रका केही स्थानीयलाई मुआजा रकमको वितरण गरिएतापनि सुनकोशी र तामाकोशी नदी किनारका रामेछाप र सिन्धुली जिल्लाका डुवान क्षेत्रका सबै स्थानीयले मुआब्जा वापतको रकम पाउन सकेका छैनन् ।
आयोजना कार्यालयले भने सिन्धुली जिल्लामा निर्माणाधीन बहुचर्चित सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणको प्रक्रिया तिब्र रुपमा अघि बढाउने जनाएतापनि कार्यस्थलमा कुनै कामको शुरुवात हुन सकेको छैन ।
सिन्धुली जिल्लाको सदरमुकाम सिनधुलीमाडीमा स्थापना गरिएको सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना सम्पर्क कार्यालयले सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि पूर्व तयारीहरु लगभग सकिएको जनाएता पनि कार्य स्थलमा भने कुनै कामको शुरुवात हुन सकेको छैन ।
सरकारी उच्च प्राथमिकतामा राखिएको सो आयोजना संचालनका लागि आवस्यक पर्याप्त बजेट सरकारले विनियोजन नगरेका कारणले आयोजना निर्माणकालागि सुरुङ खनने कार्यको समेत टेन्डर हुन ढिलाई भैरहेको जनाईएको छ ।
नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजना राखेको सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियान रुपमा मानिन्छ ।
आयोजना सम्पन्न भएपछि प्रदेश ३ को जलस्रोतलाई २ नम्बर प्रदेशमा र्पुयाएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने दाबी सरकारको रहेको छ ।
करिब ४६ अर्ब लागतको अनुमान गरिएको सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका लागि सुरुङमार्गको डिजाइन सकिएको जनाईएको छ भने, आयोजना अन्तर्गत बा“धस्थलको डिजाइनको पुनरावलोकन भइरहेको जनाईएको छ ।
किलोमिटरको सुरुङ निर्माण गर्नुपर्ने देखिन्छ ।तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बा“ध बा“धेर सुनकोशीको पानी सुरुङ मार्फत मरिणमा खसालिने बताईएको छ ।