सुनकोशी–६ धुसिनीमा पहिरोले चार घर पुरियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आइतबार बिहानी सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो समेत पहिरोले पुरेको छ । घरमा रहेको अन्नपात पुरेको छ भने हजारौँ रोपनी जमिनमा समेत क्षति गराएको स्थानीय रेशम बोहोराले जानकारी दिएकाछन्।

केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाया भने पहिरोमा परेको बोहोराले जानकारी दिए। घटनास्थलमा सुरक्षाकर्मीको टोली उद्धारका लागि पुगेकाछन् भने क्षतिको विवरण आउन बाँकी छ । पीडितहरुका लागि प्रदेश सरकारले आवश्यक सबै व्यवस्थापन गर्ने घटनास्थल पुगेका वाग्मती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले बताएकाछन्।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *