सुचना माग्न गएका युवकलाई गाउँपालिकाको भबन भित्रै कुट्पिट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बारामा सूचना माग्न गएका युवलाई बाराको सुवर्ण गाउँपालिकाको भबन भित्रै कुट्पिट निर्घात कुटपिट भएको छ ।गाउँपालिकाको कार्यप्रगति बारे सूचना माग्न गएका स्थानिए विनोद कुमार यादवलाई कवहीगोठ बस्ने संजिब प्रसाद यादब, बिरेन्द्र प्रसाद यादब, कन्हैया प्रसाद यादब र रजित प्रसाद यादबले कुटपिट गरेका हुन ।

गाउँपालिकाको कार्य बारे यादवले पटक पटक सूचना माग्र्दै आएपनि हालसम्म सूचना दिइएको छैन । यादबले मिति २०७६ साल माघ २४ गते दर्ता नं. १७४४ दर्ता गराएको भएतापनि गाँउपालिकाले बिभिन्न बहाना बनाई सुचना दिएको छैन उल्टै केही कर्मचारी र जनपतिनिधिको मिलेमतेमा गाउँपालिकाको भबन भित्रै कुट्पिट निर्घात कुटपिट गरिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार ४ जनाले उनलाई अशब्द बेल्दै भरेङमा नै कुटपिट गरेको हुन उनिहरु गाँउपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव र प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवको ईशारामा कुटपिट गरेको बताए ।

बाराको सुवर्ण गाउँपालिका वडा नं. ५ भएको बलात्कार घटनालाई जनप्रतिनिधिले नै बलात्कार मुद्दालाई लेनदेनका आधारमा मिलापत्र गराउने प्रयास गरी बलात्कारीलाई बचाउन खोजेका थिए तर बलात्कार मुद्दा लेनदेनमा मिलापत्र गराउ नहुने भन्दै स्थानिए युवाहरु अबरोध गर्नेमध्य एक स्थानिए युवा बिनेद प्रसाद यादबलाई गाँउघरमा मिल्ने कुरालाई प्रहरी कार्यालय सम्म पुर्याएको भन्दै विभिन्न व्यक्तिहरुले मानसिक दबाब र त्राश दिदै आएका थिए ।अहिले उनलाई कुटपिट गरिनुका मुख्य कारण समेत यहीँ रहेको विनोद कुमार यादवले बताए ।

उनले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दर्ता गराएका छन भने हातपात गने व्यतmीहरु भारत तर्फ भागेको बताईएको छ ।स्थानिएहरुले पटक पटक सुचना माग्दै आएपछि सुपर्ण गाउँपालिका कार्यालयले रु १० हजार अनुमानित रकम भएकाले उतm रकम दिएपछि मात्र केहि सुचना प्रदान गरिने भनि गाउँपालिकाले प्रत्र समेत पठाएको छ ।

गाउँपालिकाको कार्यप्रगति बारे सूचना नदिदाँ गाउँपालिकामा विकास निर्माणका नाममा जनप्रतिनिधि र कर्मचारीहरुले आपसी मिलेमत्तोमा चरम भ्रष्टचार भएको हुन सक्ने स्थानिएले अनुमान गरेका छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *