सुकुटे बस दुर्घटना : १६ जनाको मृत्यु, ४६ को उद्धार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे चौतारा–साँगाचोक गढी नगरपालिका–९ बाट सुनकोसीमा खस्दा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ४६ जना घाइतेको उद्धार गरी अस्पताल लगिएको छ । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको धुलिखेल अस्पतालले जनाएको छ ।

शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको हो । चालक धनबहादुर तामाङको भने सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घटनास्थलमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजाराम बर्तौलाका अनुसार नदीमा डुबेको बस क्रेनको सहायताले किनारमा निकालिएको थियो ।
बसभित्र च्यापिएर अचेत अवस्थामा एकजना यात्रु फेला परेका छन् । अन्य यात्रुहरू नदीले बगाएर आधा किलोमिटर तलसम्म पुगेको उनले बताए ।

घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *