सी नेपाल आउँदा ३ घण्टा सवारी आवागमन ठप्प हुने

असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम हिजो परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो ।
दुई दिने नेपाल भ्रमणमा रहने राष्ट्रपति सीलाई उच्च सुरक्षासहित सोल्टी होटलमा राखिने छ । सी नेपाल उत्रनासाथ साल्टी होटेल पुगेर सिधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितलनिवास पुग्ने कार्यक्रम छ । यो समयमा करिव ३ घण्टा सवारी आवागमन ठप्प हुने स्रोतले जनाएको छ ।
(Visited 1 times, 1 visits today)