सीमा विवाद समाधान गर्न वार्ताको तयारी हुदै : सोमप्रसाद पाण्डे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सोमप्रसाद पाण्डेले सरकारले भारत सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरेको स्पष्ट पार्नुभएको छ ।

रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौ गरेको साइाात्कारमा उहाले सुगौली सन्धिमा नै भारतसँगको सीमाको बारेमा सबै कुरा टुँगो लगाईसकेको बताउनुभयो । भारतीय सेनाले तत्काल उक्त नेपाली भुभाग छोड्न्पर्ने उहाको भनाई छ । उहाले वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक तुल्याउने दिशामा लागिरहेको पनि जनाउनुभयो । उहाले वर्तमान सरकार पूर्ण रुपमा सफल भएको दाबी गर्नुभयो ।

साक्षात्कारमा कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशका नेताहरुको सत्ता स्वार्थले गर्दा देश सुरक्षित हुन नसकेको टिप्पणी गर्नुभयो । उहाले नेपालको सुरक्षा निकायपनि देशको सीमाप्रति संवेदनशील नभएको आरोप लगाउनुभयो । नेपालको सरकार कमजोर हुँदा ठूला छिमेकीलाई फाईदा पुगेको उहाको भनाई छ । त्यस्तै समाजवादी पार्टीका नेता डा. शिवजी यादवले भारत र चीन दुवै देशसँगको सीमा विवादलाई सरकारले कुटनीतिक पहलकदमीमार्फत हल गर्नुपर्ने आफूहरुको सुझाव रहेको बताउनुभयो । उहाले संविधान संशोधन गर्नको लागि पनि आफ्नो पार्टी सरकारमा रहने निश्कर्ष पार्टीको हालै बसेको केन्द्रिय कार्यसमिति बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

राजपा नेपालका महामन्त्री केशब झाले चीनले नेपालको ११ ठाउँमा जमिन मिचेको आरोप लगाउनुभयो । उहाले भारत र चीन दुवै देशसँग कुटनीतिक रुपमा सीमा विवाद हल गरिनुपर्नेमा जोड दिनुभयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *