सीमा क्षेत्रमा राज्यको उपस्थीतिको अनूभुति जनताले गर्नपाउन : परराष्ट्रविद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले सीमा क्षेत्रमा राज्यको उपस्थीतिको अनूभुति जनताले गर्नुपर्ने बताउनुभएको छ ।

संवाद डलबीले शुक्रबार काठमाडौंमा आयोजना गरेको सीमा सुरक्षा कार्यक्रममा उहाले सीमा क्षेत्रका जनताहरु सदैव त्रासम बस्नुपरेको भन्दै सीमा सुरक्षा सहितको राज्यको उपस्थीति सो क्षेत्रमा हुनुपर्ने बताउनुभयो । उहाले सीमा क्षेत्रको विवाद समाधान गर्न गठित संयन्त्रलाइ संक्रिय बनाएर कुटनीतिक तवरबाट समस्याको समाधान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले भारत र नेपालबीचको सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर रहेको बताउनुभएको छ । उहाँले जनताको भावनामा चोट आए राम्रो नहुने भन्दै सीमा सुरक्षाका विषयमा धेरै कुरा उठे पनि यसको समाधान कुनै पनि सरकारले गर्न नसकेको बताउनुभयो ।

रिसालले सरकारलाई जनताको पूर्ण समर्थन रहेको उल्लेख गर्दै जुनसुकै संयन्त्र प्रयोग गरेर नेपाली भूमि फिर्ता गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रकाश रोकायाले चीनले जस्तै नेपालले पनि जनतासँग पैसा उठाएर सीमामा पर्खाल राख्नुपर्ने बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *