सीमा क्षेत्रबाट स्रोत नखुलेको नेपाली १६ लाख सहित एक जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल भारत सीमा क्षेत्र नजिकबाट स्रोत नखुलेको १६ लाख नेपाली रुपैया सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मायादेवी गाउंपालिका वडा नं. १ पकडीका ३६ वर्षीय विनोद सोनार रहेको शशस्त्र प्रहरी निरिक्षक सन्तोष देवकोटाले बताए ।

मायादेवी गाउंपालिका वडा नं. ४ ठकुरापुर गोब्ली बगैंचामा भारतबाट नेपाल आउंदै गर्दा सीमा क्षेत्रमा सो रकम सहित सोनालाई पक्राउ गरिएको हो । विशेष सुराकीका आधारमा सोनार उपर निगरानी गर्दा सो रकम पक्राउ भएको बताईएको छ ।

पक्राउ परेका सोनारको साथबाट १ हजार दरका एक एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी नेपाली रुपैया बरामद भएको हो । पक्राउ परेका सोनार र १६ लाख रुपैया सुठौली भन्सार कार्यालयमा बुझाईएको प्रहरी निरिक्षक देवकोटाले बताए ।

सुनको अवैध कारोवार गर्न र नेपाल तर्फबाट सुन भारत तर्फ तस्करी गर्नका लागि सो रकम ओसारपोसार हुदै गरेको हुन सक्ने आशंका गरिएको छ । नेपालबाट भारत तर्फ सुन तस्करीको कपिलवस्तु जिल्ला टन्जिट प्वान्ईटको रुपमा रहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *