सीमापार रेलको सम्भाव्यता अध्ययन देखि काठमान्डौ लुम्बिनी रेलमार्ग निमार्ण सम्मका घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आह्वान गरेकी छन् ।

चिनियाँ समकक्षी सी चिनफिङको राजकीय भ्रमणको सम्मानमा काठमाडौंको ताहाचलस्थित सोल्टी होटलमा आयोजित राजकीय भोजलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरेकी हुन् ।

नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने बाटोमा रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उक्त लक्ष्य हासिल गर्न चीनको सहयोगको अपेक्षा गरिन् ।

नेपाललाई वैदेशिक लगानीको खाँचो रहेको उल्लेख गरेकी राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरेकि हुन।

राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको पनि बताइन् । राष्ट्रपति भण्डारीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्र बनाउन चीनको सहयोग आवश्यक रहेको पनि बताइन् ।

नेपालले आगामी अप्रिल महिनामा काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्न लागेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उक्त संवादमा चीनका तर्फबाट उच्चस्तरीय सहभागिता हुने अपेक्षा समेत गरिन् ।त्यसैगरि सी चिनफिङले आफ्नो सम्बोधनमा नेपालले उठाएको जलवायु परिवर्तको प्रभार सगरमाथामो संरक्षणमा चीन नेपालको बिचारसंग सहमत रहेको र यसलाई संरक्षण गर्न साथदिने बताएका थिए । भारतमा र नेपालमा बुद्ध धर्ममान्नेहरु रहेको र चीनमा बुद्धधर्म एउटा अहमअंग बनीसकेको ले नेपालले मनाउन लागेको पर्यटन वर्षलाई सहयोग गर्न चीनीया पर्यटक नेपाल पठाउने घोषण समेत गरेका छन ।

त्यस्तै राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा समेत गरेका अनलाईन खबरले दाबी गरेको लेखेको छ।
साथै सीले रसुवागढी छहरे काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तारोन्नती गर्ने पनि बताएको जनाएको छ ।

आइतबार सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता भएपछि यसबारे औपचारिक सहमतिमा हस्ताक्षर हुनेछ ।

नेपाल चीन सम्बन्धमा कुनै समस्या नरहेको, मित्रता मात्र रहेको पनि राष्ट्रपति सीले बताए । नेपाल आउँदा पुराना तथा नयाँ साथीहरुसँग भेट भएको भन्दै उनले भने, ‘आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछ ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र आफूबीच चुनौती र कठिनाइको सामना गर्ने र विकास तथा समृद्धितिर जान सहकार्य गर्ने सहमति भएको समेत जानकारी दिए ।

अनलाईन खबर लेख्छ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार शितलनिवासमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै भण्डारीले नेपाली जनताको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गरिन् । तर रात्रीभोज शितल निवासमा आयोजना गरिएको थीएन कि होटल सोल्टीमा आयोजना गरिएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *