सीडीओ नै घुस खान्छन् र कानुनी शासनको धज्जी उडाउछन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालमाथि घुस लिएको आरोप लागेको छ । सार्वजनिक मुद्धा खेपिरहेका दुइ जना अभियुक्तबाट मिलाइदिने भन्दै प्रलोभनमा पारि १ लाख २५ हजार घुस लिएको तथ्य सार्वजनिक भएको छ ।

घुस लिने र दिने देशका लागि दुवै शत्रु हुनु । तर, जिल्ला कै अविभावक मानिने प्रमुख जिल्ला अधिकारी जस्तो व्यक्तिमाथि
घुस लिएको आरोप लागेको छ । घुस लिएको प्रमाण सर्वाजनिक भएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आफुले घुस नभएर पिडितलाई दिन उक्त रकम पिडकबाट लिएको बताउँछन् ।

नेपालको कानुनमा पिडितलाई प्रमुख जिल्ला अधिकारीले पिडकबाट असुल उपर गरि रकम दिने व्यवस्था छैन । उनले जिल्लाको मेलुङ गाउँपालिका–४ का कुमार लामासँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट ३५ हजार घुस लिएको पिडितको दावि छ ।

लामा र तामाङ दुवै सार्वजनिक मुद्धा खेपिरहेका अभियुक्त हुन् । मुद्धा मिलाई दिने प्रलोभनमा पारेर रिजालले दुवैजनाबाट १ लाख २५ हजार रकम लिएका हुन् । प्रमख जिल्ला अधिकारीको यस्तो कार्यले कानुनी साशनको धज्जी उडाएको छ । लामालाई एक लाख लिएर १० हजार र तामाङसँग ४९ हजार लिएर १४ हजारको रशिद कार्यालयले दिएको छ । उनीहरुलाई प्रजिअ रिजालले बन्दकोठा भित्र छुटछुट्टै बन्धक बनाएर पैसा लिएको पिडितको गुनासो छ ।

प्रमुखजिल्ला अधिकारी जस्तो व्यक्ति नै भ्रष्टाचारमा लिप्त भएको भेटिएपछि जिल्लाका राजनीतिक दलहरुले विरोध जनाएका छन् । तरुण दल दोलखाले शुक्रबार सदरमुकाम चरिकोटमा रिजाल विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

घुस लिएको कुरा बाहिरिए संगै रिजालले विहिबार राति नै जिल्ला छोडेका छन् भने उनलाई रातारात गृह मन्त्रालय झिकाइएको छ । उता, सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आले पनि जिल्लामा नहुँदा कामकाज प्रभावित बनेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *