सिरहा प्रहरीले सार्वजनीक गर्यो पक्राउ परेका अपरहणकारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिरहा नगरपालिकाबाट अपरहणमा संलग्न गाडी सहित तीन जनालाई प्रहरीले बुधबार रातिको बिहान करिब ३:३० बजे पक्राउ गरेकालाई (बिहीबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका वडा नं. ९ बस्ने वर्ष २४ को राम प्रकाश गोइत, वर्ष ३६ को गणेश कुमार यादव र वर्ष २२ को नथुनी भन्ने चतुरानन्द यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चर्तुवेदीले बताएकाछन् । भने फरार रहेका २ जनालाई प्रहरीले खोज तलास गरीरहेको बताएकाछन् ।

मिति २०७६ असोज २१ गते उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीय युवतीलाई सिरहाको लहान नगरगरपालिका स्थित दुर्गा मन्दिरमा मेला हेरी राती करिब ८ बजेको समयमा सांस्कृतिक कार्यक्रम हेर्न भनि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका स्थित पतारी पोखरीमा पुगी त्यहाँ भइरहेको सांस्कृतिक कार्यक्रम राति २ बजे सम्म हेरी सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ९ मुसहरनिया गाउँ नजिकमा आइ रहेको समयमा पूर्वबाट पश्चिम तर्फ आई रहेको भारतिय BR32PA4262 नम्बरको स्कारपियोमा चढि आइरहेको सिरहा नगरपालिका वडा नं. ९ बस्ने वर्ष २४ को राम प्रकाश गोइत, वर्ष ३६ को गणेश कुमार यादव र वर्ष २२ को नथुनी भन्ने चतुरानन्द यादव समेत ५ जनाको समुहले मोटरसाइकल अगाडी स्कारपियो रोकी मोटरसाइकलमा सवार रहेकाहरुलाई कुटपिट गरी उदयपुर जिल्ला घर ठेगाना भएको १६ वर्षीया युवतीलाई जबरजस्ती स्कारपियोमा बसाई अपहरण गरी पश्चिम तर्फ लिई आईरहेको अवस्थामा गाडीमा प्रतिवादीहरुले पिडितलाई जबरजस्ती करणी गर्न खोजी सिरहा नगरपालिका वडा नं. ९ स्थित गुलरीयाटोल नजिक बाटोमा गाडी नालीमा फसेकोमा पिडित युवतीले दिशा गर्न जान्छु भनी बाहाना बनाई गाडीबाट बाहिर निस्की भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी टोली घटनास्थलमा पुगी BR32PA4262 नम्बरको स्कारपियो र सो गाडी भित्र लागु औषध NITRAVET-10 लेखिएको ट्याबलेट ३ सय पिस, गोली राउण्ड ८ आठ, पर्स १ थान, राम प्रकाश गोइतको नामको सवारी चालक अनुमति पत्र तथा मोवाइल समेत बरामद गरी कसुर गर्ने व्यक्ति मध्येका राम प्रकाश गोइत, गणेश कुमार यादव, र नथुनी भन्ने चतुरानन्द यादव समेतलाई पक्राउगरी फरार रहेका अन्य २ जनालाई खोज तलास लगायतको थप अनुसन्धान कार्य भइरहेको एसपी चतुवेर्दीले पत्रकार सम्मेलनमा बताएकाछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *