सिरहा नगरपालिकामा भदौ १५ सम्म लम्बियो निषेधाज्ञा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरस (कोभिड–१९) को महामारी समुदाय स्तरमा फैलिरहेका बेला सिरहा नगरपालिकामा जोखिम कम गर्नका लागि साउन ३२ गते राती १२ बजे देखि भाद्र १५ गते राती १२ बजे सम्मका लागि लकडाउन गरिएको छ । D-CCMC को निर्णय अनुसार आइतबार राती १२ बजे देखि लागु हुनेगरी लकडाउनको निर्णय अनुसार सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादबले अपन दैनिकलाई जानकारी गराएका छन् ।

लकडाउन अवधिभरमा अति आवश्यक सेवा एम्बुलेन्स, औषधी पसल, दूध ढुवानी गाडी खानेपानी फोहर मैला व्यवस्थापन तथा खाधान, किराना, तरकारी ठेल्ला रिक्सा विहान ६ बजे देखि विहान ९ बजे सम्म अति आवश्यक कार्य संचालन बाहेक अन्य सेवा बन्द हुने छ ।

बैठकले सिरहा नगरपालिका अन्तर्गत हाटबजार, सभा समेलन, व्यवसाय, होटेल तथा रेष्टुरेन्ट लगायतका अन्य पसल सार्वजनिक तथा निजि सवारी साधन पनि बन्द गर्न अनुरोध गरेको छ । लकडाउन भित्र भिडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने कार्य सञ्चालन रहने निर्णय गरिएको सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *