सिरहामा हति*यार सहित साह पक्रा*उ

जिल्ला सिरहा प्रहरीले हतियार सहित एक जनालाई पक्राउ गरेको छ । गस्तीमा रहेको प्रहरीले सिरहा नगरपालीका २१ लकडिगोठ स्थित मल्हनियाका २२ पर्षीय प्रदिप कुमार साह रहेको जानकारी दिएको छ । साहलाई बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा, निजको साथबाट नलकटुवा पेस्तोल र एकथान गोली भेटिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेको साहलाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
(Visited 1 times, 1 visits today)