सिरहामा पनीे समुदायमा देखियो कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिरहामा समुदायमा कोरोना भाईरस (कोेभिड–१९) को संक्रमण फैलिएको छ ।
सिरहामा ५ जना नयाँ संक्रमितमध्ये २ जना समुदायमा रहेका व्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएको छ । सिरहा नगरपालिकाका २, लहान नगरपालिकाका १, कल्याणपुर नगरपालिकाका २ गरी पाँच जनामा कोरोना भएको पुष्टि भएको स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । सिरहामा संक्रमित देखिएका जनता समाजवादी पार्टीका जिल्ला स्तरका नेता रहेका छन् ।

नयाँ संक्रमितमध्ये सिरहा नगरपालिका १६ माडरका एक व्यक्ति र लहान नगरपालिका ८ का १ गरी दुई जनामा कोरोना पुष्टि भएसँगै समुदाय स्तरमा फैलिएको स्वास्थ्य प्रमुख यादवले बताए । संक्रमितहरुलाई आईसोलेनमा राखेर कन्ट्याक्ट टे«सिङ गरिने यादवले बताए ।

आवश्यकता अनुसार लकडाउन गर्ने, समुदायमा कति फैलिएको त्यसका निम्ति पिसिआर जाँच बढाउन गरी आईतवार आकस्मिक बैठक बस्न लागेको सिरहाका प्रमुख जिल्ला अधिकराी प्रदिप कणेलले जानकारी दिए । सिमा क्षेत्रको आगमनलाई थप कठाई गर्ने, क्वारेनटाईन र आईसोलेसन व्यवस्थापनमा ध्यान दिनुपर्ने प्रजिअ कणेंलले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *