सिरहामा जुवा खेलिरहेका आठजना जुवाडे पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिरहा- प्रहरीले सिरहामा ८ जनालाई जुवा–तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। उनीहरुको साथबाट ७३ हजार ६०५ नेपाली र १२ सय भारतीय रुपैयाँ बरामद भएको छ।

जुवा तास खेलिरहेको अवस्थामा उनीहरुलाई सिरहा नगरपालिका १५ माडरबाट पक्राउ गरिएको प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

पक्राउ पर्नेमा सिरहा नगरपालिका १४ का २६ वर्षीय नुर खान, ३८ वर्षीय मोहम्मद रफिक, २५ वर्षीय जावेद खान, वडा नम्बर १५ का ४७ वर्षीय श्यामकुमार यादव, २९ वर्षीय रंजित यादव, २८ वर्षीय दिनेश यादव, ३५ वर्षीय संजिवकुमार महतो र गोलबजार नगरपालिका ८ का ३३ वर्षीय सिकेन्द्र साफी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको एसपी चतुर्वेदीले बताए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *