सिरहाबाट ११ जना जुवाडे पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिरहा, १२ माघ – सिरहाको मिर्चैया नगरपालिका वडा नं. ६ कटारी चौकबाट जुवातास खेलीरहेका ११ जनालाई शनिबार राती करिब ८ः३० बजे प्रहरीले नगद एक लाख २ हजार ८ सय १८ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका वडा नं. ६ बस्ने करिब २७ वर्षीय नरेश झा, २४ वर्षीय सुरज कुमार साह, वडा नं. ८ बस्ने २४ वर्षीय मनोज यादव, २५ वर्षीय राजाराम साह, वडा नं. ३ बस्ने २३ वर्षीय सरोज कुमार चौधरी, २६ वर्षीय बिनोद साह, वडा नं. ४ बस्ने २९ वर्षीय जितेन्द्र साह, वडा नं. २ बस्ने २५ वर्षीय श्रवण कुमार साह र कल्याणपुर नगरपालिका वडा नं. ९ बस्ने ३९ वर्षीय श्याम सुन्दर साह रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *