सिरहाको लाहान र धनगढीका १ हजार ३ सयभन्दा बढी सुत्केरी तथा गर्भवति महिलालाई पोषणयुक्त खाद्यान्न राहत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

कोभिड १९ को जोखिमका कारण पोषणयुक्त आहारको अभाव झेलिरहेका सिरहाको लाहान र धनगढीका करिव १ हजार ३ सयभन्दा बढी सुत्केरी तथा गर्भवति महिलाको घरपरिवारलाई कोभिड किट सहितको पोषणयुक्त खाद्यान्न राहत प्रदान गरिएको छ ।

विभिन्न गैरसरकारी संस्थाको संयोजनमा लहान तथा धनगढीमाई नगरपालिका १ हजार ३ सय ५० जना सुत्केरी तथा गर्भवतिहरुलाई पोषणयुक्त खाद्यान्न र कोभिड किट राहत वितरण गरिएको हो । एक जना सुत्केरी तथा गर्भवतीलाई २५ केजी चामल, गहुँको पिठो ५ केजी, सर्वोत्तम पिठो, मसुरोको दाल, गेडागुडी उपलब्ध गराइएको छ ।

त्यस्तै एक थान डीजीटल थर्मोमिटर, हात धुने, नुहाउने सावुन पनि उपलब्ध गराइएको छ । संस्थाले ढुवानी खर्च सहित एक व्यक्तिलाई ३ हजार ४ सय ८५ रुपैयाँ बरावरको सामग्री उपलब्ध गरेको जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *