सिमलपानीमा बस दुर्घटना १२ जना घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अर्घाखाँचीको शितगंगा नगरपालिका १४ सिमलपानीमा आज भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् ।

शितगंगा नगरपालिका १३ को छेडा बाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु१ख ७८१४ नम्वरको बस शितगंगा १४ छन्त्यालरुखमा बस दुर्घटना भएको हो । ब्रेक फेल भएर भएको दुर्घटनामा चालक सहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

घाइते ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएको पठाइइको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *