सिन्धुलीका मुसहर समुदायलाई एकीकृत बस्ती हस्तान्तरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आवासविहीन मुसहर समुदायको लागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरण गरेको छ।प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरेका ३५५ वटा घर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवसको अवसर पारेर शुक्रबार लाभान्वित परिवारलाई घरको साँचो प्रदान गरेका हुन्।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले सरकार सधैं जनताको साथमा रहेको बताउँदै निर्माण हुन बाँकी रहेका स्थानमा पनि छिटो घरहरू निर्माण हुने बताए।

बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत एकीकृत बस्ती विकास अनुसार सिमान्तकृत समुदायका लागि घर निर्माण गरेको हो। जस अनुसार दुधौली नगरपालिका वडा नम्बर ४ मा ९ वटा, वडा नम्बर ५ मा ४, वडा नम्बर ६ मा २, वडा नम्बर ७ मा ३०, वडा नम्बर ९ मा १८० वटा, वडा नम्बर १० मा ५० तथा वडा नम्बर ११ मा ८० वटा घर निर्माण गरेको हो।

शहरी विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेका अनुसार ती घरहरु ११ करोड २२ लाख रुपैयाँ लागतमा निर्माण भएको हो।

प्रदेश सरकारले आवासविहीन अति सिमान्तकृत माझी, मुसहर, बोटे र चेपाङलगायतका लागि प्रदेशका अन्य विभिन्न जिल्लामा पनि एकीकृत वस्ती निर्माण गर्दैछ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *