सिन्धुलिमा गोलि चल्यो,एक प्रहरी घाईते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिन्धुलि जिल्ला स्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान चन्द्रकिसोर रायले ड्युटिमा रहेकि महिला प्रहरी जवानको हतियार खासेर आफैलाई गोलि प्रहार गरेका छन् ।

एसएल आर राईफलको गोलि लागि सख्त घाईते भएका रायलाई थप उपचारकालागि काठमाण्डु पठाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रंजु सिग्धेलले बताईन् ।

सिन्धुली जिल्ला अस्पताल स्रोतका अनुसार उनको पेटमा गोली लागेको जनाईएको छ ।प्रहरी जवानले आफैलाई गोली हान्नुको कारण खुली सकेको छैन । थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *