सिन्धुपाल्चोक पहिरो अबडेट: पुरिएका ११ जनाको शव फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएका ११जनाको शव फेला परेको छ । मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिएकाछन् ।

पहिरोका कारण २७ जना बेपत्ता छन् । बेपत्ताको संख्यामा थपघट हुनसक्ने बताइएको छ । पहिरोले पुरिएर गम्भीर घाइते भएका यमु ल्हामु दोङलाई मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । यमु ल्हामुको बानेश्वरस्थित सिभील अस्पतालमा उपचार भइरहेको छ ।

चारजना घाइतेको सिन्धुपाल्चोक सदरमुकाम चौतारामा उपचार भइरहेको छ । रुप बहादुर दोङ, जुनुमाया दोङ, केवलीङ दोङ र पासाङ दोङको चौतारामा उपचार भइरहेको डीएसपी काफ्लेले बताए ।पहिरो बिहान छ बजे आएको थियो। पुरिएकाहरुको खोजी भइरहेको छ। पहिरोको निरिक्षणका लागि सभामुख सापकोटा पनि पुगेका थिए। उनी केही बेर घटनास्थल पुगेर फर्किएका छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *