सिन्धुपाल्चोक पहिरो अपडेट : ६ जनाको शव भेटियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिन्धुपाल्चोकको बाह्रबिसेमा मध्यरातमा आएको पहिरोमा परि बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको छ । पहिरोले १८ घर बगाउँदा अझै कम्तिमा २५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाह्रबिसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तीमा ८ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको प्रहरीले जनाएको छ।

दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ६ जनामध्ये तीन जनाको परिचय खुलेको छ।घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिक र ६० वर्षीया सर्किनी नेवार शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार अनुसार मध्यरातमा सबै सुतेका बेला माथिबाट आएको पहिरोले घर बगाएको थियो। बेपत्ता भएकाहरुको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा पनि पुगेका छन् ।

यसअघि साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोले १३ घर बगाउँदा २० जनाभन्दा बढिको मृत्यु भएको थियो।

 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *