सिन्धुपाल्चोक पहिरो अपडेट : ३० जनाको शव फेलापर्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका – २ लिदीको पहिरोमा पुरिएका थप ५ जनाको शव विहिबार भेटिएको छ । शव भेटिएकाहरुमध्ये ५ वर्षका बालकसहित तीन पुरुष र दुई महिलाको रहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिएकाहुन ।

योसँगै पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । पहिरोमा अझै ९ जना हराइरहेका छन् । पहिरोमा पुरिएकाहरुको खोजी गर्न स्काभेटर लैजाने भनिए पनि बाटो अवरुद्ध भएपछि लैजान सकिएको छैन् ।

हराएकाहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेका छन् । लिदीमा शुक्रबार गएको पहिरोले ३७ वटा घरमा क्षति गरेको र १३ वटा घर पूरै भत्काएको थियो । पहिरोबाट विस्थापित भएकाहरुलाई टेन्ट र त्रिपालमा राखिएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार स्थानीयकै बारीमा ४० वटा टेन्ट हालिएको छ । यस्तै विस्थापित भएकाहरुलाई सुरक्षित ठाउँमा टहरो बनाएर राख्ने योजना गाउँपालिकाको रहेको पनि उनले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *