सिन्धुपाल्चोकमा मौसमी रुघाखोकी, कोरोना नभएको पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ गुम्बा गाउँमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीले सिंगो बस्ती नै प्रभावीत भएको छ ।

रुघाखोकीबाट सिंगो गाउँ बिरामी परेपछि गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठको नेतृत्वमा चिकित्सकहरुको टोली गाउँमा पुगेर उपचार सुरु गरिसकेको छ। मौसमी रोगका कारण गाउँका तीन सय बढी बिरामी भएका छन् ।बालबालिका र वृद्धाहरु बढी मारमा परेको गुम्बामा पुगेको चिकित्सकहरुको टोलीले जानकारी दिएको छ।


‘फ्लु वा भाइरल ब्रेक हुन सक्छ र त्यसको ल्याब टेस्ट गर्नु जरुरी रहेको चिकित्सकहरुले बताएका छन। ३र४ जनामा स्वासप्रस्वास समस्या छ तर के कारण भन्न सकिन्न’, कोरोनाको संकेत हालसम्म नदेखियको डाक्टर पिताम्बर खनालले जानकारी दिए ।

बिरामीहरुको अहिले गुम्बामा रहेको स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा राखेर उपचार भइरहेको छ ।

गाउँमा रहेको स्कुलले बिद्यार्थीहरु समेत यो रोगको चपेटामा परेपछि बिद्यालय बन्द गरिएको छ । ल्याब टेस्ट पछि मात्रै रोगको पत्ता लाग्ने चिकित्सकले जानकारी दिएका छन् । बिरामी धेरै भएपनि कोरोना भाइरस नभएको चिकित्सकहरुले जानकारी दिएका छन् । सामाजीक सञ्चाल र केहि अनलाईनहरुमा कोरोना भाईरसका विरामी देखीएको भन्दै प्रचार प्रसारसमेत गरिएको देखिएको छ । त्यसता समाचार प्रकाशनप्रती सचेतहुन अनुरोध समेत गरिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *