सिन्धुपाल्चोकमा भिषण पहिरो, १३ घर पुरिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुपाल्चोकको जुगल गाउँपालिका२ लिदीमा विहान पहिरो जाँदा १३ घर पुरिएको छ। शुक्रबार बिहान साढे ६ बजे पहिरोले १३ घर पुरिएको हो।१३ घर केही नदेखिने गरी पुरिएको छु जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिए, ५ घरका परिवार अझै सम्पर्कमा छैनन्।

नेपालका अनुसार सामान्य घाइते भएर निस्कन सक्नेहरु १५ जना निस्किएर लप्सेचौर भन्‍ने स्थानमा गएर बसेका छन्। अन्य घाइतेहरुलाई निकाल्न सकिने अवस्था नभएकाले घाइतेहरु उद्धारकालागी हेलिकोप्टरको प्रयास भइरहेको उनले बताए।

सम्पर्कविहिन भएका ५ घरमा कति जना थिए भन्‍ने यकिन नभएकोपनी उनले जानकारी दिए। घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *