सिन्धुपाल्चोकमा बाढीको वितण्डा,एकजनाको मृत्यु,करोढौको क्षती (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेलम्ची खोला र लार्के खोलामा आएको बाढीबाट हेलम्बुकी १ महिलाको मृत्यु भएको छ ।

हेलम्बुको १ ट्राउट माछा फार्म कि टिकामाया खड्काको मृत्युु भएको हो । बाढीको कारण मेलम्ची नगरपालिकाको मेलम्ची बजार समेत उच्च जोखिममा रहेको छ । मेलम्चीको आमा ह्याल्मो बसपार्कमा रहेको सबैजसो घर टहरा बगाएको र रेडियो मेलम्चीको भवन समेत जोखिममा रहेको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले बताए ।

अहिले मेलम्ची बजारका हजारौं स्थानिय ईन्द्रेश्वरी माध्यामिक विद्यालय , नगरपालिकाको कार्यालय , टार तथा माथिल्लो भेगका जङ्गलमा गएर बसेका छन् । मेलम्ची खानेपानी आयोजनाको मुहानक्षेत्र भन्दा माथि ठूलो पहिरो गएको छ । बाढिले अहिलेसम्म आयोजनामा कुनै क्षति नभएको आयोजनाका कर्मचारी निमेष रेग्मीले बताए । हेलम्बु प्रहरी चौकिको भवन समेत जोखिममा परेकाले प्रहरी समेत सुरक्षीत ठाउँको खोजिमा भवन छाडेर भागेका छन् । बाढिले नदिकिनारका सबैजसो माछा पोखरि बगाएको छ ।

 

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *