सिन्धुपाल्चोकमा बस पल्टियो, कम्तीमा १२ को ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको बस सिन्धुपाल्चोकको खाडीचौरमा दुर्घटना हुँदा १२ जनाभन्दा बढीको मृत्यु भएको छ। यद्यपि यो पुष्टि हुन अझै बाँकी छ।

दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ ख ४४६८ नम्बरको बस अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडकको ५ किलोबाट खसेको हो। बस सडकबाट अन्दाजी २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना आइतबार बिहान सवा ८ बजेतिर भएको हो।

दुर्घटनामा १५ जनभन्दा बढीको हताहती भएको अनुमान गरिएको छ। तर एकिन गर्न बाँकी छ। अहिले घटनास्थलमा प्रहरी खटिएको छ।

रिजर्भ गरेको बस दुर्घटनमा परेको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *