सिन्धुपाल्चोकमा पहिरोको कहर,९ जनाको शव फेला,कैयौ बेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर सातका विभिन्न ठाउँमा आज बिहान पहिरो जाँदा नौ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ६२ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष १० की ट्याक्सी शेर्पा, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ को शुकलाल विक रहेका छन । त्यस्तै २३ बर्षिया जुनु विक, वर्ष ८ का सन्देश विक, वर्ष ४२ की ज्ञानीमाया प्रधान, वर्ष ६० का सर्किनी नेवार र वर्ष ६० की हिरामाया नेवारको पनि पहिरोमा परेर मृत्यु भएको छ ।

पहिरोमा अझै २२ जना मानिस हराइरहेका छन । उनीहरुको खोजी जारी रहेको छ । पहिरामा परी घाइते भएका तीन जनालाई उद्दार गरेर प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा भर्ना गरिएको छ । बेपत्ताहरुको स्थानीय, शसस्त्र प्रहरी, नेपाल प्रहरीले खोजी जारी राखेको छ । बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरकोट तथा जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा २४ घर पुरिएका हुन ।

पहिरोमा परि नागपुजेको ६ घर, भीरखर्कको १२ घर र चनौटेको ८ घर गरी २४ घर पुरिएको प्रहरीले जानकारी दिएको छ । बा¥हबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनका अनुसार पहिरोले सबैभन्दा धेरै नागपुजे, डाँडागाउँ भीरखर्क र ताङ्सारमा असर पारेको छ । पहिरोले जमिन भास्सिएर अझ ठूलो पहिरो आउँदा भिरखर्कको माथिल्लो विक टोल, नेवार टोल, तामाङ टोलको नामोनिसान मेटिएको छ ।

घरसँगै थुप्रै मानिस हराइरहेका छन । पहिरो प्रभावित क्षेत्रमा दुई सय भन्दा बढी घरहरु उच्च जोखिममा रहेकाले स्थानान्तण गर्नुपर्ने देखिएको छ । भिरखर्क र नागपुजेका गरी ५८ परिवारलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।यसैबीच सभामुख अग्नि सापकोटा आइतबार सुरक्षाकर्मीसहित घटनास्थल पुगेर स्थानीयको अवस्था र उद्धार कार्यबारे जानकारी लिएका छन । उनले पहिरो आउनुको कारण र थप जोखिमको अवस्थाबारे स्थानीय जनप्रतिनिधिसँग छलफल गरेका छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *