सिन्धुपाल्चोकको प्रशिद्ध पाँचपोखरी मेला नहुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिन्धुपाल्चोक जिल्लाको प्रशिद्ध पाँचपोखरी मेला यो साल भने नहुने भएको छ । जनैपुर्णीमाको दिन विशेष मेला लाग्ने सो मन्दीरमा कोरोना महामारीको कारण यसपाली नहुने भएको हो ।

समुन्द्री सतहबाट करीब ४२ सय मिटर उचाईमा रहेको पाँचपोखरी मेला भर्नको लागि सिन्धुपाल्चोक सहित काभ्रेपलाञ्चोक, काडमाण्डौ, भक्तपुर, ललितपुर लगाएत प्रदेश नं ३ का अधिकाँश जिल्लाका दर्शनार्थीहरु आउने गरेका थिए । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा हुँदै र मेलम्ची नगरपालिका हुदैं गरी दुई रुट भएर जान सकिने पाँचपोखरी क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र भित्र पर्दछ ।

हरेक वर्ष विभिन्न जातजातीको झाँकी प्रदर्शन सहित पाँचपोखरी मेला भर्न जानेको घुँइचो लाग्ने गरेकोमा यसपाली भने पाँचपोखरी थाङपाल गाँउपालिकाले सुचना नै निकालेर मेला भर्न नजान अनुरोध गरेको हो । पाँचपोखरी सहित इन्द्रावती गाँउपालिकाको नौलिङ्गेश्वर महादेव र चौतारा साँगाचोकगढी नगरपालिकाको रानीपोखरीमा समेत मेला नहुने भएको हो ।

पाँचपोखरीको सम्बन्धमा करिब २३३५ वर्ष अगाडी एक जना शिकारी बुम्बा रुवा वाइबा शिकार खेल्दै जाने क्रममा हाल पाँचपोखरी मन्दीर रहेको स्थान भन्दा तलतिर खेत रोपाई गर्दै गरेको देखेपछि त्यँहा नजीकै गएर हेर्न खोज्दा त्यहाँ महादेवले रोपाइ गरिरहेको र महादेवले शिकारी देख्नसाथ खेतालासँगै हाल मन्दिर भएको स्थानमा अलप भएको किम्बदन्ती पाइन्छ । त्यसपछि तिनै शिकारीले सो अलप भएको स्थानमा घण्टा झुण्डाई पुजाआजा गर्न थालेको र सोही समयदेखि पाँचपोखरी मेला लाग्ने गरेको सो स्थानमा स्थापना गरिएको शिलालेखमा उल्लेख गरिएको छ ।
महादेवले धान रोपीएको भनीएको स्थान अहिले पनि खेत रोपाँई गर्न ठिक्क पारीएको जमीन जस्तो देखिन्छ भने सो स्थानमा धानको बाला भेटीने र सो भेटीएमा आप्mनो सम्पुर्ण मनोकामना पुरा हुने विश्वासका साथ केही दर्शनार्थीहरु त्यँहा धान समेत खोज्ने गर्दछन् । अधिकाँस समय हिँउले ढाकीने उक्त स्थानमा चौताराबाट पैदल दुई दिन र मेलम्चीबाट भोताङसम्म गाडीको यात्रा गरी एक दिनको पैदल हिडाइमा पुग्न सकिन्छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *